गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१७
Dho

गौमुल गाउँपालिका–१ मा विकास र आवश्यकताको पहिचान गर्न आमभेला

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०४, २०८०
गौमुल गाउँपालिका–१ मा विकास र आवश्यकताको पहिचान गर्न आमभेला

बाजुरा : गौमुल गाउँपालिका–१ मा आमभेलाको आयोजना गरिएको छ । वडामा हाल सम्म गरेका विकासको प्रभावकारीता र जनताका आधारभूत आवश्यकताको पहिचान गर्न आमभेलाको आयोजना गरिएको हो । वडा कार्यालयको आयोजनामा गरिएको आमभेलामा प्रत्यक्ष जनतासंग बसेर विकास अनुभूति, हालका समस्या र गनुपर्ने कामको बारेमा संवाद सहीत छलफल गरिएको वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् ।

वडामा जनप्रतिनिधी निर्वाचित भएको २० महिना पुरा भएको छ । यो अवधिमा जनताका आवश्यकता अनुसारका केकति काम भए र आगामी दिनमा वडामा कस्ता खालका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दा जनता प्रत्यक्ष लाभान्वित हुन्छन् भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

आमभेलामा अधिकाशं नागरिकहरुले वडामा भएको विकासको प्रशंसा गरेका थिए । घरघमा खानेपानीका धारा, विजुली बत्ति गाउँमै स्वास्थ्य केन्द्र, कृषि अनुदान, आवतजावत गर्न सहज बाटो, विद्यालयका भौतिक संरचना निर्माण, मठमन्दिर निर्माण जस्ता धेरै कुराको विकासले जनतामा खुसियाली छाएको छ । 

त्यस्तै वडामा विभिन्न गैरसरकारी संस्थासंग समन्वय, सहकार्य र सहजीकरण गरेर जनचेतनाको वृद्धि विकास, समाज रुपान्तरण, आत्मर्निभर, विभिन्न पेशामा आवद्ध नागरिकलाई व्यवसायीक तर्फ आकर्षण गरी आयआर्जनमा विकास लगायतका कार्यले परिवर्तनशील हुँदै गएको स्थानीयको भनाइ छ ।

आमभेलामा संकलन गरिएका सुझावलाई ध्यानमा राखेर आगामी दिनमा काम गर्ने प्रतिवद्धता जनाईएको थियो । वडाबाट दिईने सेवा सुविधालाई पनि थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताईएको छ ।  

त्यसैगरी वडामा लागु विभिन्न गैरसरकारी संस्थासंग पनि छलफल भएको वडाध्यक्ष रोकायाले बताएका छन् । छलफलमा अब थप प्रत्यक्ष जनताकासंग रहेर काम गर्ने प्रतिवद्धता भएको उनको भनाइ छ । वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन गरिएको आमभेलामा कार्यक्रममा जनप्रतिनिधी, गैरसरकारी संस्थाका प्रतिनिधी, स्थानीय लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया