बाजुरा ःबाजुराका चार स्थानीय तहमा बालबालिकाको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार ((SRHR), बाल संरक्षण तथा बालअधिकार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा तथा पीसविन नेपालको संयुक्त आयोजनामा तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित प्रतियोगिता पीसविन नेपालद्वारा कार्यान्वयन गरिएको आभा परियोजना अन्तर्गत सम्पन्न भएको हो ।
प्रतियोगितामा परियोजना अन्तर्गतका ४० लक्षित विद्यालयमध्ये ३९ विद्यालय र अन्य ३ विद्यालय गरी कुल ४२ विद्यालय सहभागी भएका थिए ।
बडीमालिका नगरपालिकाको मार्तडीमा १४, त्रिवेणी नगरपालिकाको तोलीमा १०, बुढीगंगा नगरपालिकाको नौविसमा १० तथा गौमुल गाउँपालिकाको घट्मुनामा ८ विद्यालयको सहभागिता रहेको थियो ।
प्रत्येक विद्यालयबाट २ छात्र र २ छात्रा गरी ४ जना विद्यार्थी सहभागी भएका थिए । यसरी कुल ४२ विद्यालयबाट १६८ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएको छ ।
पीसविन नेपालका परियोजना संयोजक पदम कठायतका अनुसार हाजिरीजवाफ प्रतियोगिता मार्फत बालबालिकामा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, बाल संरक्षण संयन्त्र तथा बालअधिकार सम्बन्धी ज्ञान वृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको हो ।
गौमुल गाउँपालिकामा सम्पन्न कार्यक्रम पीसविन नेपालकी केन्द्रीय सदस्य धनलक्ष्मी जैशीको अध्यक्षतामा आयोजना गरिएको थियो भने गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
बडीमालिका नगरपालिकामा आयोजित कार्यक्रममा शिक्षा अधिकृत रामबहादुर कटुवालको अध्यक्षता रहेको थियो । कार्यक्रममा नगर प्रमुख अमरबहादुर खड्का प्रमुख अतिथि, नगर उपप्रमुख नन्दा कुमारी थापा तथा प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी थापा विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए ।
त्यसैगरी, त्रिवेणी नगरपालिकामा शिक्षा अधिकृत गणेशबहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख कर्णबहादुर थापा प्रमुख अतिथि, नगर उपप्रमुख कमला कुमारी जैशी न्यौपाने विशिष्ट अतिथि तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर खडायत अतिथिका रुपमा सहभागी भएका थिए ।
बुढीगंगा नगरपालिकामा आयोजित कार्यक्रममा नगर उपप्रमुख माया खड्का कुँवरको अध्यक्षता रहेको थियो भने नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए ।
त्रिवेणी नगरपालिका
बडीमालिका नगरपालिका
बुढीगंगा नगरपालिका
गौमुल गाउँपालिका
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ४ हजार रुपैयाँ, द्वितीय हुने विद्यालयलाई ३ हजार रुपैयाँ तथा तृतीय हुने विद्यालयलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबै १६८ जना विद्यार्थीलाई एक दर्जन कापी र एक दर्जन पेन वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी प्रमुख तथा विशिष्ट अतिथिहरूले प्रतियोगिताले बालबालिकामा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।





प्रतिक्रिया