गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१५
Dho

बुढीनन्दा नगरपालिकामा उर्जा विकास कार्यालय सञ्चालनमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ०३, २०८०
बुढीनन्दा नगरपालिकामा उर्जा विकास कार्यालय सञ्चालनमा

बाजुरा : जिल्लको बुढीनन्दा नगरपालिकामा उर्जा विकास कार्यालय सञ्चालनमा आएको छ । २०६२ सालमा स्थापना भएको कार्यालय बुधबारदेखि नियमित सञ्चालनमा आएको उर्जा विकास कार्यालय बुढीनन्दाका अध्यक्ष जंगवीर रोकायाले बताउनुभयो ।  विगत एक वर्षदेखि नगरबासीलाई निःशुल्क वितरण गरेकोमा अब प्रत्येक यूनिटको १० रुपैया लिने गरी कार्यालयले महसुल उठाउने भएको छ । 

बुढीनन्दा नगरपालिका भित्रका सबै विद्युतको व्यवस्थापनका लागि कार्यालय सञ्चालनमा आएको हो । कार्यक्रममा उर्जा विकास कार्यालय बुढीनन्दाका अध्यक्ष जंगवीर रोकाया, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुशीला शाही र बुढीनन्दा नगरपालिका ६ का पूर्व वडाअध्यक्ष दलबहादुर भाट लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया