बाजुरा ःबाजुराको बुढीनन्दा नगरपालिका-६ कोटीलामा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय टेकेन्द्र रावत रहेका छन् ।
उनी माथि स्थानीय ३२ वर्षीय नीर रावतको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार नीर रावत र टेकेन्द्र रावतबीच विगतदेखि नै आपसी विवाद हुँदै आएको थियो ।
बुधबार एक स्थानीयको घरमा छत ढलान सम्पन्न भएपछि आयोजित खानपिन कार्यक्रममा सहभागी भएका दुवैले मदिरा सेवन गरेका थिए । सोही क्रममा उनीहरुबीच पुनः विवाद चर्किएको र विवादका क्रममा टेकेन्द्रले ढुङ्गा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हत्याको आरोपमा टेकेन्द्र रावतलाई घटनाकै दिन पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको छ । मृतक नीर रावतको शव कोल्टी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएपछि अन्त्येष्टि गरिएको बताईएको छ ।





प्रतिक्रिया