बाजुरा ः लगातारको वर्षा र हावाहुरीका कारण डोटी-साँफे ३३ केभी विद्युत प्रसारण लाइनमा प्राविधिक समस्या (फल्ट) आएको छ ।
फल्टका कारण विद्युत सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने भएको भन्दै नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले उपभोक्तालाई जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार हाल प्राविधिक टोली समस्या पहिचान तथा मर्मत कार्यमा खटिएको छ । विद्युत सेवा यथाशीघ्र पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ ।
विद्युत अवरुद्ध हुँदा उपभोक्तामा परेको असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले धैर्यता अपनाइदिन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गरेको छ ।





प्रतिक्रिया