बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-५ थलामा रहेको मानाकोट माध्यमिक विद्यालयले ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाउने भएको छ ।
विद्यालयले २०८३ जेठ १५ गतेदेखि १७ गतेसम्म विभिन्न शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक शिवबहादुर रोकायाद्वारा जारी निमन्त्रणापत्र अनुसार कार्यक्रम अन्तर्गत विद्यालयको प्रतिवेदन प्रस्तुतिसँगै सदनात्मक खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
यस्तै, स्थानीय मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले झाँक्री नृत्य, मागल, फाग, भुवा, चाली, हुड्केली, डेउडा लगायतका परम्परागत सांस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ ।
कार्यक्रमको अन्तिम दिन विद्यालयस्तरीय वृहत् सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुति गरिने विद्यालयले जनाएको छ । विद्यालयले कार्यक्रममा अभिभावक, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीयबासीको गरिमामय उपस्थितिका लागि आग्रह समेत गरेको छ ।





प्रतिक्रिया