गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२२
Dho

त्रिवेणी नगरपालिकामा छ वटा कार्य विधि पारित गर्दै हिउँदे सभा सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०२, २०८०
त्रिवेणी नगरपालिकामा छ वटा कार्य विधि पारित गर्दै हिउँदे सभा सम्पन्न

बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ । पस २९ गतेबाट सुरु भएको नगर सभा मंगलबार सकिएको हो । नगर सभामा पेश भएका ६ वटा कार्य विधि सभामा छलफलपछि पारित गरिएको हो ।

जसमा नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्य विधि २०८०, अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्य विधि २०८०, कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्य विधि २०८० नगर सभाले पारित गरेको छ । 

यस्तै नगर सभामा नगरप्रमुख कर्णबहादुर थापाले पेश गरेको आपतकालिन कार्य सञ्चालन केन्द्र २०८०, नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचारसंहिता २०८० सभाले सर्वसम्मत पारित गरेको हो । 

यस्तै नगरपालिकामा प्रतिबन्ध लगाईएको मदिरा व्यवस्थापन कार्यविधि नगर सभामा छलफल गरिएको छ । मदिरा व्यवस्थापनका लागि नगर सभाले कार्यपालिकालाई अधिकार दिएर एक महिनाको अवधीमा वडामा गएर नागरिकका राय सुझाव संकलन गर्न समयावधि तोकिएको छ । 

नगरको पहिलो नगर सरकारले मदिरा विक्री वितरणमा प्रतिबन्द गरेको थियो । हिउँदे तथा १४ औं नगर सभाले मदिराबाट उठ्ने कर र मदिरा विक्री वितरणमा व्यवस्थापन गर्नका लागि सभाले कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ ।

“शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामुहिक तथा व्यवसायिक कृषि  समृद्धिको आधार” भन्ने मुल नाराका १४ औं नगर सभा गत पुस १९ गतेबाट प्रारम्भ भएको थियो । नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको  नगर सभामा उपप्रमुख कमला जैशी (न्यौपाने), गाउँ सभाका सदस्यहरु लगायत कर्मचारीहरु सहभागी बनेका हुन् । 

प्रतिक्रिया