गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०३:४८

हावाहुरीले गौमुलमा दुई घर ध्वस्त, पीडितलाई तत्काल स्थानीय सरकारले जस्तापाता उपलब्ध गराउने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १२, २०८३
हावाहुरीले गौमुलमा दुई घर ध्वस्त, पीडितलाई तत्काल स्थानीय सरकारले जस्तापाता उपलब्ध गराउने

बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-६ सटेडामा आएको भीषण हावाहुरीले ठूलो क्षति पुर्याएको छ । सोमबार बेलुका वर्षासहित आएको हावाहुरीका कारण स्थानीय चन्द्रबहादुर रोकाया र लालबहादुर रोकायाका घर पूर्ण रुपमा क्षतिग्रस्त भएका हुन् ।

हावाहुरीले घरको छाना उडाउनुका साथै भित्र रहेका सामग्री समेत नष्ट भएको स्थानीय विशाल रोकायाले बताएका छन् । अचानक आएको प्राकृतिक विपद्का कारण पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

घटनापछि गाउँपालिकाले तत्काल राहत तथा पुनःस्थापनाको पहल थालेको छ । गौमुल गाउँपालिकाले पीडित परिवारको अस्थायी बसोबास व्यवस्थापनका लागि तत्काल जस्तापाता उपलब्ध गराउने तयारी गरेको छ ।

स्थानीयबासीले हावाहुरीबाट भएको क्षतिको उचित राहत तथा दीर्घकालीन पुनःनिर्माणको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया