बाजुरा ःनेकपा (एमाले) केन्द्रीय सदस्य सहदेव बोगटी लाई पितृशोक परेको छ । बुढीनन्दा नगरपालिका-५ कालासिल स्थायी घर भएका उनका बुबा जयसुर बोगटीको उपचारका क्रममा ८१ वर्षको उमेरमा साेमबार बिहान निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित बोगटीको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएपछि परिवार, आफन्त तथा शुभेच्छुकहरु शोकमा डुबेका छन् ।
उनको निधनप्रति स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् । स्वर्गीय बोगटीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।





प्रतिक्रिया