गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०४:००

बुढीनन्दा नगरपालिकाको एसइई नतिजामा जनप्रकाश मावि कोल्टी उत्कृष्ट, नगरपालिकाभित्र औसत उत्तीर्ण दर ९१.८७ प्रतिशत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ३०, २०८३
बुढीनन्दा नगरपालिकाको एसइई नतिजामा जनप्रकाश मावि कोल्टी उत्कृष्ट, नगरपालिकाभित्र औसत उत्तीर्ण दर ९१.८७ प्रतिशत

बाजुरा ः बुढीनन्दा नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर यस वर्षको एसइई परीक्षाको नतिजामा उत्साहजनक देखिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाभित्रका पाँच विद्यालयमध्ये जनप्रकाश माध्यमिक विद्यालय कोल्टी उत्कृष्ट नतिजा सहित अग्रस्थानमा रहेको छ ।

सार्वजनिक नतिजा अनुसार जनप्रकाश मावि कोल्टीबाट परीक्षामा सहभागी १२४ जना विद्यार्थीमध्ये ११४ जना उत्तीर्ण भएका छन् भने १० जना अनुत्तीर्ण भएका छन् । उक्त विद्यालयको उत्तीर्ण प्रतिशत ९१.९४ रहेको छ ।

विद्यालयबाट ३.२ देखि ३.६ जीपीए ल्याउने ३१ जना तथा २.८ देखि ३.२ जीपीए ल्याउने ५८ जना विद्यार्थी रहेका छन् । त्यसैगरी, सत्य मावि पाण्डुसैनले ८९.८३ प्रतिशत नतिजा ल्याएको छ । उक्त विद्यालयबाट सहभागी ५९ जनामध्ये ५३ जना उत्तीर्ण भएका छन् ।

नन्देश्वरी मावि कालासिलले ८७.८८ प्रतिशत नतिजा हासिल गर्दा ३३ जना मध्ये २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, पादुका माविबाट सहभागी ४३ जनामध्ये ४१ जना उत्तीर्ण भई ९५.३५ प्रतिशत नतिजा प्राप्त भएको छ भने देवडाँडा मावि कुलले ५३ जनामध्ये ५० जना विद्यार्थी उत्तीर्ण गराउँदै ९४.३४ प्रतिशत नतिजा हासिल गरेको छ ।

नगरपालिकाभरबाट कुल ३११ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकामध्ये २८६ जना उत्तीर्ण भएका छन् भने २५ जना अनुत्तीर्ण भएका छन् । समग्र उत्तीर्ण प्रतिशत ९१.८७ रहेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

नगरपालिकाले यस वर्षको नतिजालाई शैक्षिक सुधारको सकारात्मक संकेतका रुपमा लिँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहकार्यलाई थप प्रभावकारी बनाइने भएको छ । 

May be an image of text

प्रतिक्रिया