बाजुरा ःगौमुल गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र को आयोजनामा आयुर्वेद समूह गठनसँगै ज्येष्ठ नागरिक तथा स्तनपायी आमाहरुलाई रसायन तथा भिटामिन वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम गाउँपालिकाको वडा नम्बर-४ अन्तर्गत रहेको मानाकोट स्वास्थ्य चौकी र वडा नम्बर-५ को वडा कार्यालयमा सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत वडा नम्बर-४ मा जम्मा ७९ जनाले सेवा लिएका छन् भने वडा नम्बर-५ मा पनि स्थानीय नागरिकहरूले सेवा लिएका छन्।
नागरिक आरोग्य सेवा केन्द्र गौमुल गाउँपालिकाकी प्रमुख लक्ष्मी सिंहले स्वास्थ्य परीक्षण सहित औषधी वितरण गरेकी थिइन्। कार्यक्रममा सहयोगी कर्मचारीका रुपमा गोरख चँदाराले समेत सहजीकरण गरेका थिए।
वडा नम्बर-४ मा वडा अध्यक्ष अमर वि.क.सहित जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। त्यसैगरी वडा नम्बर-५ मा कार्यवाहक वडा अध्यक्ष रामबहादुर रोकाया सहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय ज्येष्ठ नागरिक तथा स्तनपायी आमाहरुलाई स्वास्थ्य सेवा पहुँचमा सहयोग पुगेको सहभागीहरुले बताएका छन्।





प्रतिक्रिया