गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४२

गुण्डुमा एमाले सुदूरपश्चिम बारे गहन छलफल, आन्तरिक एकतामा ओलीको जोड

दलको नेता नफेर्ने, सत्ता समीकरण र मन्त्री मध्ये एक फेर्ने मुडमा ओली
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २४, २०८३
गुण्डुमा एमाले सुदूरपश्चिम बारे गहन छलफल, आन्तरिक एकतामा ओलीको जोड

बाजुरा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभाका सदस्य र प्रदेश भूगोलका केही नेताहरुसँग छलफल गरेका छन् । ओली निवास गुण्डुमै बोलाएर सुदूरपश्चिम प्रदेश सरकार, पार्टी संगठनको अवस्था र सुधार बारे गहन छलफल गरेका हुन् ।

छलफलमा सुदूरपश्चिम प्रदेशका ११ प्रदेशसभा सदस्य सहभागि थिए । भने भूगोलको तर्फबाट प्रतिनिधीत्व गर्ने पार्टी उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेशसिंह ठगुन्ना, प्रदेश अध्यक्ष कृष्णप्रसा जैशी र केन्द्रीय सदस्य दामोदर भण्डारी सहभागि थिए । ओलीसँग करिब ४ घण्टा बढी छलफल भएको अध्यक्ष जैशीले जानकारी दिए । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि छ । नेपाली काँग्रेस नेतृत्वमा सरकार छ । काँग्रेस नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको र सेवा प्रवाहमा समेत कमजोर देखिएको आरोप बढेको छ । भने एमाले भित्रै पनि दलको नेताको कार्यशैली माथि गम्भीर आरोप लाग्ने गरेका छन् । 

दलको नेता भएर सरकारको काम कारवाहीमा प्रभावकारी हस्तक्षेप नगरेको, नियुक्ती देखि योजना छनोटमा पनि काँग्रेसलाई नै सजिलो पार्ने काम गर्ने गरेको र आफू खुसी एकलौटी पार्टी सगठन हित विपरितका गतिविधीमा पनि विपक्षलाई सघाएको आरोप लाग्ने गरेको छ । आरोप पछि अधिकांशले दलको नेता हटाउने पर्ने माग गरेका थिए । भने सामाजिक सञ्जालमा व्यापक विरोध समेत भएको थियो । त्यसैमा युवा संघले राजीनामाको माग गर्दै दलको कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।

प्रदेश सरकार र दल नेताको भूमिका बारे पार्टी अध्यक्षलाई जानकारी दिनकै लागि बैठक गुण्डुमा डाकिएको हो । अध्यक्ष विरामी भएकै अवस्थामा बाहिर भेट्न र प्रदेशमा आएर थप छलफल गर्न सक्ने अवस्था नभएपछि गुण्डुमै बोलाएर छलफल गरिएको छ । 

छलफलका क्रममा ओलीले एकताबद्ध पार्टी र संसदीय दल बनाउन सुझाव दिएका छन् । प्रदेशमा संसदीय दलको नेता परिवर्तनको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीको बोलीले दलको नेता परिर्वतन नहुने संकेत गरेको छ । पार्टी एकतावद्ध बनाउनु नै अहिलेको आवश्यकता हो, सबैप्रकारको शक्तिको प्रहार नै भइरहेको बेला आफूहरु विभाजन हुने कुरा राम्रो होइन्, अब एमाले एकतावद्ध हुने गरि अघि बढ्नु पर्छ, त्यो सन्देश सुदूरपश्चिमबाटै सुरु हुन्छ, ओलीले सहभागिलाई छोटो प्रतिक्रिया दिएको बुझिएको छ । 

सुरुमा प्रदेश संयोजक गणेशसिंह ठगुन्नाले विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसपछि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले थप प्रकाश पारेका थिए । पार्टीको तर्फबाट दुई जनाले धारणा व्यक्त गरेपछि ओलीले संसदीय दलका सदस्यहरूको कुरा सुनेका थिए । ११ जना सांसदहरूले विस्तृत रूपमा ओलीलाई प्रदेशको अवस्था, सरकारको समीक्षा र दलको कामकारबाहीबारे जानकारी गराएका थिए ।

‘सबै सांसदले मनको कुरा निर्धक्क भएर भन्नुभयो, अध्यक्षज्यूले पनि ध्यान दिएर सुन्नुभयो’, बैठकमा सहभागी एक सांसदले भने, ‘केहीले मन्त्री र दलको नेता फेर्ने कुरा उठाउनुभयो, केहीले फेर्न हुँदैन भन्नुभयो ।’ काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

मन्त्रीमा नसमेटिएका केही सांसदहरूले अब आलोपालो गर्नुपर्ने संकेत गरेका थिए । अध्यक्ष ओलीले करिब ४ घण्टा कुरा सुनेपछि आफ्ना धारणा राखेका थिए । उनले पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा गर्दै एकताबद्ध हुनुपर्ने बताएका थिए ।

ओलीले संसदीय दल, मन्त्री र समीकरणबारे सांसदका कुरा सुने पनि कुनै निर्णय भने सुनाएनन् । यस विषयमा शुक्रबार फेरि चार नेतालाई ओलीले बोलाएका छन् । ओलीले थप संवादका लागि एमाले उपमहासचिव लेखराज भट्ट, संयोजक गणेशसिंह ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता राजेन्द्रसिंह रावललाई बोलाएका छन् ।

‘आज कुरा सुन्नुभयो, पर्सि यस विषयमा केही निर्णय लिनुहुन्छ होला’, ती सांसदले भने, ‘शीर्ष नेताहरूलाई फेरि बोलाइएको छ । सहभागीहरूका अनुसार बजेट कार्यान्वयनको कमजोरी, योजना बाँडफाँडमा असन्तुलन र नेतृत्वको शैलीप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । तर मन्त्रीहरू र दल नेताले सीमित स्रोत–साधनका कारण सबै अपेक्षा पूरा गर्न कठिन हुने तर्क अघि सारेका थिए । 

सहभागिका कुरा सुनेपनि ओलीले निर्णय थप परामर्श पछि मात्रै सुनाउने देखिएको छ । सरकारको समिकरण नै बदल्ने कि, मन्त्री मण्डलमा फेरबदल गर्ने ती दुई मध्ये एक हुनेमा भने ओली पर्सि बोलाइएको बैठकमा जानकारी गराउने श्रोतको दाबी छ । 

प्रतिक्रिया