गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ११:२८

चट्याङपछि खसेको ढुङ्गाले बाजुरामा वृद्धको ज्यान गयो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २१, २०८३
चट्याङपछि खसेको ढुङ्गाले बाजुरामा वृद्धको ज्यान गयो

बाजुरा ः बुढीनन्दा नगरपालिका-३ दोगडामा चट्याङ सहितको प्रतिकूल मौसमका कारण खसेको ढुङ्गा लागेर एक वृद्धको मृत्यु भएको छ ।

मिति २०८३ साल वैशाख २० गते साँझ करिब ५ बजे स्थानीय ७३ वर्षीय नैन बुढा जंगलमा बाख्रा चराएर घर फर्किने क्रममा अचानक आएको चट्याङपछि भीरबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा गम्भीर घाइते भएका थिए ।

घटनापछि स्थानीयबासीले तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गरे पनि बाटोमै उनको मृत्यु भएको वडा अध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन् ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको टोलीले घटनास्थल मुचुल्का कार्य सम्पन्न गरेको छ । मृतकको शव पोष्टमार्टमपछि उनका भाइ रामबहादुर बुढालाई जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश कुमार शाहीका अनुसार घटना प्रतिकूल मौसमका कारण भएको भवितव्य मृत्यु हो ।

वर्षा, चट्याङ वा हावाहुरी जस्ता प्रतिकूल मौसमका बेला जंगल, भीर वा पहाडी जोखिमयुक्त क्षेत्रमा जानु अत्यन्त खतरनाक हुन सक्छ ।

यस्ता अवस्थामा सकेसम्म घरमै सुरक्षित बस्ने, आवश्यक परे मात्र सावधानी अपनाएर बाहिर निस्किने, तथा चट्याङ परिरहेको बेला खुला स्थान वा रुखमुनि बस्न नहुने जस्ता सुरक्षा उपाय अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।
 

प्रतिक्रिया