बाजुरा ःगौमुल गाउँपालिका-२ स्थित दहकोट स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको सहयोगमा प्रजनन् स्वास्थ्य सम्बन्धी एकदिने शिविर सञ्चालन गरिएको छ । शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा आवश्यक औषधि वितरण गरिएको छ ।
उक्त शिविरमा प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न समस्या पहिचान तथा उपचारका साथै सुरक्षित मातृत्व, परिवार नियोजन र किशोरी स्वास्थ्यका विषयमा सचेतना प्रदान गरिएको थियो ।
स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको शिविरबाट धेरैले प्रत्यक्ष लाभ लिएका छन् । वडा अध्यक्ष देवबहादुर रोकायाले यस्ता कार्यक्रमले ग्रामीण भेगका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पहुँच पुर्याउन ठूलो मद्दत पुगेको बताएका छन् ।
उनका अनुसार आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ । शिविरमा स्वास्थ्यकर्मीहरुको टोलीले विभिन्न परीक्षण तथा परामर्श सेवा प्रदान गर्दै स्थानीय बासिन्दालाई स्वास्थ्यप्रति सचेत गराएको थियो ।
आयोजकले यस्ता शिविरले समुदायमा स्वास्थ्य सम्बन्धी ज्ञान अभिवृद्धि हुनुका साथै समयमै उपचार पाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।






प्रतिक्रिया