गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२३
Dho

आखाँको उपचार अब बाजुराको कोल्टीमै हुने, नगरप्रमुख बोहराले गरे आँखा केन्द्रको उद्घाटन

गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष २५, २०८०
आखाँको उपचार अब बाजुराको कोल्टीमै हुने, नगरप्रमुख बोहराले गरे आँखा केन्द्रको उद्घाटन

बाजुरा : बाजुराको कोल्टीमा अबदेखि आँखाको उपचार हुने भएको छ । आँखा उपचारका लागि धनगढी, काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । बुढीनन्दा नगरपालिकाको लामो प्रयासपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

सबै उपचार सेवा नागरिकलाई जिल्लाभित्र एकै ठाउँमा दिने लक्ष्य सहीत आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो । आँखा उपचार केन्द्र सञ्चालन गर्ने बुढीनन्दा जिल्लामै पहिलो पालिका बनेको छ ।

गेटाआँखा अस्पताल कैलाली र बुढीनन्दा नगरपालिकाको सहकार्यमा तथा नेपाल नेत्रज्याति संघ गेटा आँखा अस्पता र सेभा क्यानडाको सहयोगमा बुधबारबाट आँखा उपचार सेवा सुचारु गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । आँखा उपचारका लागि धेरै पैसा खर्चेर बाहिर जानुपर्ने यहाँका नागरिकको बाध्यतालाई हटाउन पालिकाको धेरै प्रयासपछि यही उपचार सेवा सुचारु गर्न सफल भईएको बोहराले बताए ।

आँखा केन्द्रका लागि आवश्यक जनशक्ति, भाैतिक संरचना नगरपालिकाले नै व्यवस्थापन गरेकाे छ । भने उपचारमा चाहिने उपकरण सहीत अन्य सामाग्री आँखा अस्पतालले सहयाेग गरेकाे छ । 

गरिब, विपन्नलाई लक्षित गरी सञ्चालनमा ल्याईएको सेवाले विकटका धेरैले राहत पाउने भएका छन् । आँखा उपचार केन्द्र सञ्चालनले स्वामीकार्तिक, हिमाली, जगन्नाथसंगै छिमेकी ३ वटा जिल्ला हुम्ला, मुगु र कालिकोटका जनता समेत सेवा पाउने भएका छन् । त्यत्ति मात्रै होईन्, जिल्लाका तल्लो क्षेत्रका जनतालाई पनि सहज हुने भएको छ । 

उपचारका लागि महङ्गो शुल्क तिरेर धनगढी, काठमाण्डौ जानुभन्दा एक दिनमै पुगिने कोल्टीमा बडीमालिका, बुढीगंगा, त्रिवेणी, गौमुल र खप्तड छेडेदहका स्थानीयलाई समेत सेवा लिन सहज हुने देखिन्छ । सेवाको आज नगर प्रमुख जनक कुमार बोहराले एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । उद्घाटन गरेसंगै सेवा आजैबाट नियमित सञ्चालन हुने गरी सेवा लिन आएका विरामीको आँखा परीक्षण गरिएको थियो । 

नेपाल नेत्र सहायक तेज रावलका अनुसार टेलिमेडियाको माध्यमबाट विशेषज्ञ सेवा दिईने, आखाँ परीक्षण गरेर चस्माको आवश्यक परेका विरामीलाई चस्मा उपलब्ध गरिने, उपचार हुन नसकेका विरामीलाई गेटा आँखा अस्पताल रिफर, औषधी वितरण लगायतका सेवाहरु दिईने छन् ।

May be an image of 8 people, chess and textआँखाको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै हुने भएपछि स्थानीय खुशी भएका छन् । आर्थिक अवस्था कमजोर र विभिन्न समस्याले सुविधान सम्पन्न अस्पताल अथवा आखाँ उपचार केन्द्रसम्म जान नसकेकालाई अधिक सहयोग पुग्ने भएको छ । उपचारकै लागि धेरै पौसा खर्च गरेर बाहिर जानुपर्ने विवशता थियो । अब भने गाउँमै यस्तो सुविधा आएपछि, खर्च कम र समयको बचत हुने स्थानीयको भनाइ छ ।

बुढीनन्दा नगरपालिका जनतालाई नभई नहुने र जे समस्या छ त्यही पुरा गर्ने गरेको छ । समय समयमा नागरिकको स्वास्थ्य परीक्षणका लागि फरक फरक रोगको निःशुल्क स्वास्थ्य शिविर, गाउँ गाउँमै स्वास्थ्यकर्मी पठाउने जस्ता उदाहरणीय कामले परिचित हुँदै आएको छ बुढीनन्दा । अरुभन्दा हरेक काममा नयाँ र फरक ढंगले अगाडी छ । 

जनताकै आधारभूत आवश्यकतालाई पहिचान गरी समाधान गर्नेको बाटो खोजिरहेको छ, र समाधान पनि गरिरहेको छ । प्रायजसो सबै सेवा सुविधा गाउँमै दिने लक्ष्यमा नगरपालिका लागेको छ । तीन प्रयासहरु सफल हुने क्रममै छन् । जहिल्यै सामान्य सेवा सुविधानबाट समेत बञ्चित हुनेपर्ने दुर्गमका नागरिकलाई कुनै कुराको कमी हुन नदिन नगर सरकार लागिरहेको प्रमुख प्रशाकीय अधिकृत शन्तोष कुमार शाहले बताएका छन् । 

आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख जनक कुमार बोहरा, नेपाल नेत्र जोति महासंघ सुदूरपश्चिम कमिटीका सचिव भुपेन्द्र थापा, वडा नं.३ वडाध्यक्ष जंगवीर रोकाया, १० का वडाध्यक्ष नन्दबहादुर रोकाया, पूर्व वडाध्यक्ष भिबहादुर सार्की, दलबहादुर भाट, गेटा आँखा अस्पतालका व्यवस्थापक दृर्घबहादुर चन्द, अस्पताल कार्यक्रम व्यवस्थापक रमेश चन्द भट्ट, पत्रकार लगायत स्थानीयकोे उपस्थिति रहेको थियो । 

May be an image of 6 people, glasses and hospitalMay be an image of 11 people and text

प्रतिक्रिया