गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२७

नयाँ बस्ती सञ्जीवनी टोल सालिकोटमा घर-घरमा धारा, पानीको अभाव हट्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १९, २०८२
नयाँ बस्ती सञ्जीवनी टोल सालिकोटमा घर-घरमा धारा, पानीको अभाव हट्यो

बाजुरा ः गौमुल गाउँपालिको सालिकोटस्थित नयाँ बस्ती सञ्जीवनी टोलमा एक-घर एक-घरमा धारा निर्माण गरिएको छ । सालीकोट खानेपानी निर्माण योजना सम्पन्नपछि यहाँका बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा पुगका छन् ।

गौमुल गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाको सहकार्यमा खानेपानी निर्माण गरिएको हो । उक्त बस्तीमा ३२ धारामा स्वच्छ खानेपानी पुगेको छ ।

खानेपानीको आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जलवायु परिवर्तन स्थानीय अनुकूलन लक परियोजनाका टिम लिडर तथा प्रमुख प्राविधिक सल्लाहकार सान्ना-लिना राउतानेन र गाउँपालिका उपाध्यक्ष सीता थापाले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।

सालिकोट खानेपानी उपभोक्ता समितिको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीयले फूलमाला, अविर र खादाले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा योजनाको लेखा परीक्षण समेत सार्वजनिक गरिएको थियो ।

सालिकोट खानेपानी निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा जलवायु परिवर्तन स्थानीय अनुकूलन लक परियोजनाका टिम लिडर तथा प्रमुख प्राविधिक सल्लाहकार सान्ना लिना राउतानेन रहनुभएको थियो ।

अतिथिमा गाउँपालिका उपाध्यक्ष सीता, थापा, परियोजना प्राविधिक सहायता सल्लाहकार कमल प्रसाद भट्ट, गाउँपालिका जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाका दीपक थापा, कार्यपालिका सदस्य राजेन्द्रा विष्ट रोकाया, वडा सदस्य कलक चदाँरा लगायत रहनुभएको थियो ।

गाउँपालिका जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाका रण विकले सञ्चालन गरेको कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया