गाैमुल खबर डटकम सोमबार १६, चैत २०८२ ०१:५८

कैलालीमा जागिर लगाउने प्रलोभन देखाएर एक करोड २० लाख ठगी, कोली पक्राउ

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत १५, २०८२
कैलालीमा जागिर लगाउने प्रलोभन देखाएर एक करोड २० लाख ठगी, कोली पक्राउ

धनगढी ःकैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने जस्ता प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भएर कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्दै आएका ३३ वर्षीय तुलाराम कोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।

तिमिल्सिनाकाअनुसार कोलीलाई जिप्रकाको टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीकाअनुुसार उनीमाथि अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भइसकेको छ ।

अहिलेसम्मको विवरण अनुसार एक करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको प्रारम्भिक पाईएको कैलाली प्रहरीले जनाएको छ । बाँकी कुरा भने अनुसन्धानका क्रममा खुल्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया