गाैमुल खबर डटकम आइतबार १५, चैत २०८२ ०७:२८

गौमुल गाउँपालिकामा भारी वर्षासँगै आएको असिना र वर्षाले व्यापक क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १४, २०८२
गौमुल गाउँपालिकामा भारी वर्षासँगै आएको असिना र वर्षाले व्यापक क्षति

बाजुरा ः लगातार परेको भारी वर्षासँगै आएको असिना र वर्षाले गौमुल गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएका बालीनालीमा ठूलो क्षति पुगेको छ ।

अचानक परेको असिना र तीव्र वर्षाका कारण किसानहरूले लगाएको गहुँ, जौ तथा तरकारी बाली नष्ट भएको स्थानीयले बताएका छन् ।

स्थानीय कृषक यज्ञ रोकायाका अनुसार केही समयमै आएको असिनाले बाली सखाप पार्नुका साथै खेतबारीमा पानी जम्दा थप क्षति पुगेको हो । विशेषगरी पाक्न लागेको गहुँ र जौ बालीमा सबैभन्दा बढी असर परेको छ ।

गौमुल गाउँपालिकाका कृषि शाखाका अनुसार प्रारम्भिक विवरण संकलन भइरहेको जानकारी दिँदै क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको बताएका छन् ।

प्रभावित किसानहरूले राहत तथा क्षतिपूर्तिको माग गरेका छन् । स्थानीय सरकारले क्षतिको मूल्यांकन गरी आवश्यक सहयोगका लागि पहल गर्ने जनाएको छ ।
 

प्रतिक्रिया