गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५४
Dho

जन्मदिनको अवसर पारी शाहीले गरिन शैक्षिक सामाग्री र खाद्यन्न सहयोग

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २३, २०८०
जन्मदिनको अवसर पारी शाहीले गरिन शैक्षिक सामाग्री र खाद्यन्न सहयोग

बाजुरा : मालती सिंह शाहीले आफ्नो जन्मदिनको अवसर पारी शैक्षिक सामाग्री र खाद्यन्न सहयोग गरेकी छन् । जन्मदिन मनाउन लाग्ने खर्च कटाएर शाहीले सिद्धेश्वरी आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र खाद्यन्न सहयोग गरेकी हुन् ।

बुढीनन्दा नगरपालिका १० मा रहेको सिद्धेश्वरी आवासीय विद्यालयमा रुपमा सञ्चालनमा रहेको छ ।  विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री र एक छाक खानलाई खाद्यन्न सहयोग गरेको मालती सिंह शाहीले बताएकी छन् ।

६० जनालाई शैक्षिक सामाग्री, एक कट्टा चालम, नुन, तेल, २ केटेर अण्डा सहयोग गरिएको विद्यालयका प्रअ तुला रावतले जानकारी दिएका छन् । सहयोग सामाग्री नगर प्रमुख जनक कुमार बोहराले हस्तान्त्रण गरेका हुन् । 

साथीसंगी र आफन्त बसेर रमाइलो गर्दा लाग्ने खर्चलाई आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक सुधारमा लगानी गर्न पाउँदा खुसी लागेको शाहीले बताएकी छन् । शाही हाल बुढीनन्दा नगरपालिका कृषी शाखामा कार्यरत कर्मचारी हुन् । विद्यालयमै पुगेर सहयोग सामाग्री हस्तान्त्रण गरिएको हो । 

विद्यार्थीलाई सहयोगवापत प्राप्त शैक्षिक सामाग्रीले थप राहत पुग्ने विश्वास विद्यालयले लिएको छ । विद्यालयमा जनजाती र गरिब विपन्न समुदायका बालबालिका अध्ययन गरिरहेका छन् । पालिकाले सिद्धेश्वरीलाई नगरकै आवासीय विद्यालयका रुपमा विकास गर्ने गरि काम अघि बढाइरहेको छ । 

प्रतिक्रिया