गाैमुल खबर डटकम सोमबार २५, फागुन २०८२ ०४:३७

जन्मदिनको खुशी बाँड्दै मानवता : अम्बिका भट्टद्वारा टुहुरा बालबालिका र एकल आमालाई आर्थिक सहयोग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २४, २०८२
जन्मदिनको खुशी बाँड्दै मानवता : अम्बिका भट्टद्वारा टुहुरा बालबालिका र एकल आमालाई आर्थिक सहयोग

बाजुरा ः बुढीगंगा नगरपालिका-९ को वडा कार्यालयमा मनोसामाजिक कर्ताका रुपमा कार्यरत अम्बिका भट्टले आफ्नो २९ औँ जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी मानवताको भावनासँग जोड्दै एक मार्मिक उदाहरण प्रस्तुत गरेकी छन् ।

गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमको पहलमा गौमुल गाउँपालिका-४ डाँडाबाँडा स्थायी घर भएका, कामको सिलसिलामा भारतमा रहँदा रेलको ठक्करबाट ज्यान गुमाएका २२ वर्षका लोकेन्द्र विकका परिवारप्रति सहानुभूति व्यक्त गर्दै भट्टले नगद रु ५ हजार सहयोग प्रदान गरेकी हुन् ।

लोकेन्द्र विकको असामयिक निधनपछि उनका दुई वर्षका नाबालक छोरा र तीन महिनाकी छोरी टुहुरा बनेका छन् भने उनकी २० वर्षीया श्रीमती सिर्जना विक एकल महिलाको रुपमा जीवनका कठोर संघर्षसँग जुधिरहेकी छन् ।

यस्तो संवेदनशील अवस्थामा अम्बिका भट्टले आफ्नो जन्मदिनको अवसर पारेर उक्त परिवारलाई सहयोग गर्नुले समाजमा मानवीयता, करुणा र सहानुभूतिको सन्देश फैलाएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।

भट्टको यो सानो तर अर्थपूर्ण सहयोगले दुःखको पहाडले थिचिएको परिवारलाई केही भए पनि राहत र आशाको किरण दिएको वडा अध्यक्ष विकको भनाई रहेको छ ।

जन्मदिनलाई केवल केक काटेर मनाउने संस्कृतिभन्दा माथि उठेर पीडामा परेका परिवारसँग खुशी साट्नु साँचो मानवताको परिचय भएको भन्दै उनको यो कदमको स्थानीयबासीले प्रशंसा गरेका छन् ।

मानवता र सहानुभूतिले भरिएको यस्तो कार्यले समाजमा सकारात्मक सन्देश फैलाउँदै, दुःखमा परेकाहरुका लागि आशा र सहाराको ज्योति बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया