गाैमुल खबर डटकम आइतबार १५, चैत २०८२ ०७:२६

गौमुल गाउँपालिकामा रुखबाट लडेर पुरुष गम्भीर घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १८, २०८२
गौमुल गाउँपालिकामा रुखबाट लडेर पुरुष गम्भीर घाइते

बाजुरा ःबाजुराको गौमुल गाउँपालिकामा रुखबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गाउँपालिका-१ स्थित विकट गाउँ अन्द्राडीका अन्दाजी ४२ वर्षीय बहादुर रोकाया रहेका छन् ।

वडा अध्यक्ष देवेन्द्रबहादुर रोकायाका अनुसार भेडाका लागि घाँस काट्ने क्रममा रुखमा चढेका रोकाया चिप्लिएर तल खसेका हुन् ।

घटनापछि स्थानीयले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेका छन् । आफन्तका अनुसार रुखबाट लड्दा रोकायाको एउटा खुट्टा भाँचिएको छ र उनको अवस्था गम्भीर रहेको छ ।

गौमुल गाउँपालिकामा वर्षेनी भीर तथा रुखबाट लडेर घाइते हुने र ज्यान गुमाउने घटनाहरू बढ्दै गएको तथ्याङ्कले देखाउँछ ।

पशुपालन मुख्य पेशा भएकाले स्थानीय बासिन्दा घाँस-दाउराको जोहो गर्न जोखिमपूर्ण स्थानमा जान बाध्य हुँदा यस्ता दुःखद घटनाहरू दोहोरिन थालेका छन् ।
 

प्रतिक्रिया