गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०९:५२

युवा नेता रोकायाले भन्यो-अराजक होइन् एकता र हार्दिकताका साथ अघि बढौँ

पार्टीको निर्णयलाई प्रशंसा गर्दै कार्यान्वयनका निम्ती बाजुरा आउने तयारी छ
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ ०५, २०८२
युवा नेता रोकायाले भन्यो-अराजक होइन् एकता र हार्दिकताका साथ अघि बढौँ

बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य नरेश कुमार रोकायाले पार्टीको केन्द्रीय कमिटी सचिवालय बैठकको निर्णयलाई प्रशंसा गर्दै कार्यान्वयनका निम्ति गृहजिल्ला बाजुरा आउने तयारी रहेको बताएका छन् । 

आइतबार एमाले पार्टीका कार्यालय बाजुरामा युवाले टिकटको विषयलाई लिएर तालाबन्दी गरेकोप्रति आफ्नो धारणा राख्दै सामाजिक सञ्जाल फेसबुकमा गौरवशाली पार्टीको केन्द्रीय सचिवालयको बैठकले सर्वसम्मत ढंगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट लाल बहादुर थापालाई उम्मेदवार बनाउँने गरेको निर्णय इमान्दार कार्यकर्ताको हिसाबले मुक्तकण्ठले प्रशंसा गर्दै कार्यान्वयका निम्ति बाजुराले आउने तयार थालिएको बताएका हुन् ।

युवा नेता रोकायाले भने आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट बाजुरा जिल्लामा आफूपनि प्रत्यासी थिए । सोही अनुसार जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सिफारिस भएको थिए । कम्युनिस्ट पार्टीको ईमानदार कार्यकर्ताका हिसाबले उक्त कार्यान्वयन गर्न बाजुरा आउँदै छु ।    

राजनीतिक यात्रामा आरोह वा अवरोह, सफलता वा असफलता एक सिक्काका दुई पाटा हुन । तसर्थ एक माघले जाडो जादैन, जिन्दगीमा थुप्रै माघ आउछन् र थुप्रै जाडो कटाउनु पर्छ उने भने ।  

बाजुरा जिल्ला पार्टी कार्यालयमा केही युवा साथीहरूले तालाबन्दी गरेको दुःखद खबर प्राप्त गरेको बताउँदै तालाबन्दीमा संग्लन रहेका सबैलाई सम्झाउने काम गरेको बताए । 

सम्झाई बुझाइपर्छि पार्टी कार्यालयमा लगाएको ताला खुलेको छ । अराजक कार्यशैलीसंग कुनैपनि प्रकारको प्रत्यक्ष र अप्रत्यक्ष संग्लग्नता नरहेको बताएका छन् । आजका दिनसम्म निरन्तर त्याग, निष्ठा र समर्पणको राजनीति गर्दै यो ठाउँसम्म आईपुगेको जिम्मेवार कार्यकर्ता भएको बताए ।  

उनले भने राजनीतिमा ईमानदारीता र नैतिकता प्रधान बिषय हुन्छन् । निर्णय पुर्व तपाईंहरुले म प्रती देखाउनु भएको समर्थन र सदासयताका निम्ति साधुवाद । हाम्रो गौरवशाली पार्टीले सर्वसम्मत निर्णय गरिसक्यो । अब निर्णय पश्चात् एकमना एकताका साथ दत्तचित्त भएर कार्यान्वयनमा जानू हामी सबैको अनिवार्य दायित्व रहेको बताए । 

एकता र हार्दिकताको वातावरण बनाउन सबैले अगाडी बढ्नुपर्ने बेला आएको बताउँदै राजनीतिको एकढोका क्षणिक समयका निम्ति बन्द भएतापनि हजार ढोकाहरु खुला भएका बताए । आइतबार एमाले निकट युवा संघ र अनेरास्ववियुकाका युवाहरुले राेकायालाइ टिकट दिनुपर्ने माग राख्दै पार्टी कार्यालय बाजुरामा तालबन्दी गरेका थिए ।

प्रतिक्रिया