बाजुरा : प्रतिनिधिसभा सदस्य निर्वाचन टिकटमा बाजुराका युवाले असन्तुष्टि जनाएका छन् । एमालेका युवहारुले युवा अनुहारलाई उम्मेदवार नबनाएको कडा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय बाजुरामा तालबन्दी गरेका छन् ।
विद्यार्थी राजीनितिबाट उदाएका नरेश कुमार रोकायालाई चुनावी मैदानमा लैजानु पर्ने माग राख्दै युवाले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । एमालेको ११ औँ महाधिवेशनबाट युवा कलस्टरबाट केन्द्रीय कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित रोकायालाई टिकट दिनुपर्नेमा पार्टीले युवाको आकांक्षा वेगर पुरानै अनुहारलाई चुनावमा अघि सारेको भन्दै तालाबन्दी गरेकाे हाे ।
एमाले निकट युवा संघ र अनेरास्ववियुकाका युवाहरुले पार्टी कार्यालयमा तालबन्दी गरेको जनाएको छ । पटक टिकट पाएर उम्मेदवार बन्दै जितेका नेताहरुलाई नै टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा ताला लगाएको राष्टिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र (आरसी) रोकायाले बताएका छन् ।
अनेरास्ववियुका पूर्व महासचिव समेत रहेका नरेशलाई प्रतिनिधी सभाको निर्वाचनका लागि टिकट नदिएर युवाहरुको भावनालाई खेलबाड गरेको, युवाहरुलाई नेतृत्व नदिएको, युवाहरुको मागलाई सम्बोधन नगरेकोले बाध्य भएर ताला लगाउनु परेको उनले बताए ।
युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव रोकायाको नेतृत्वमा मनोज बोहरा, भरत रोकाया सहितका युवाहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गरिएको निर्णय पुर्नःविचार गरिनु पर्ने उनीहरुको माग रहेको छ । शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटी सचिवालयको बैठकले केन्द्रीय सदस्य लाल बहादुर थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदावर बनाउँने निर्णय गरिसकेको छ ।
यता नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर ओलीले पार्टीका कार्यालयमा ताला लगाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।





प्रतिक्रिया