गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२५
Dho

बाजुराका प्रहरी प्रमुख बोहराको गलत प्रचार गर्ने विरुद्ध कानुनी बाटो रोज्ने प्रहरीको तयारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष १९, २०८०
बाजुराका प्रहरी प्रमुख बोहराको गलत प्रचार गर्ने विरुद्ध कानुनी बाटो रोज्ने प्रहरीको तयारी

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहरा विरुद्ध सामाजिक सञ्जालमा गलत प्रचार गर्ने र भ्रम फैलाउने विरुद्ध कानुनी बाटो रोज्ने भएको छ । कार्यालय बाहिर रहेको समयमा र संलग्न नभएको घटनामा नाम जोडेर सामाजिक सञ्जालमा सार्वजनिक बद्नाम गरेको प्रति जिल्ला प्रहरी कार्यालय बाजुराले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

कार्यालयका तर्फबाट जारी ध्यानाकर्षण पत्रमा कार्यालय प्रमुख कविन्द्रसिंह बोहरालाई विदाको समयमा संलग्न नभएको घटनासँग जोडेर बद्नाम गरेको चरित्र हत्या गर्न खोजिएको घटनामा संलग्न र भ्रम सिर्जना गर्ने जो कोहीका विरुद्धमा आवश्यक अनुसन्धान सहित कानुनी उपचार गरिने उल्लेख गरिएको छ ।

महिला माथि बलात्कार सम्बन्धी मुद्दा पुस १३ गते दर्ता भई आरोपित जंगसिंह बुढालाई थप ७ दिनका लागि म्याद थप सहीत अनुसन्धानका लागि हिरासतमा राखिएको र निज जंगसिंह बुढा सहित २ जना माथि ज्यान मार्ने उद्योगमा निजका बुबा परेलाल बुढाले पुस १५ गते दर्ता गरेको मुद्दामा अनुसन्धान भइसकेको विषयलाई लिएर व्यक्तिको बद्नाम गराउन फोटो, भिडियो पोष्ट गर्ने, गाली बेइज्जती र अनावश्यक टिकाटिप्पणी गर्ने कार्य प्रति जिल्ला प्रहरी कार्यालय सूचना अधिकारीका तर्फबाट जारी विज्ञप्ती मार्फत ध्यानाकर्षण गरिएको छ ।

डीएसपी बोहरा पुस १० देखि १७ गतेसम्म बाजुरा जिल्ला बाहिर थिए । सोही बेला पीडित महिलालाई जातीय विभेद गरिएको, मुद्दा दर्ता गर्न नखोजिएको र महिला माथि विभेदपूर्ण भाषा प्रयोग गरिएको आरोप सहीत सामाजिक सद्भाव बिगार्ने, जबरजस्त मावल बिथोल्ने र भ्रम फैलाउने काम गरेको प्रहरीले बताएको छ । 

एक इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृत माथिको प्रहार र बद्नामले सिंगो संगठन माथि नै आरोप र आक्षेप लाग्ने र लगाउने कार्य गरिएको प्रति आपत्ती जनाउँदै प्रहरीले गलत कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताएको छ ।

दलित अधिकार कर्मी भनिएका खगेन्द्र सुनार सहितका दर्जनौ व्यक्तिहरुले सामाजिक सञ्जालमा अनावश्यक गाली बेइज्जती र बद्नाम गराएको अवस्था छ । तर स्वयम महिलाले भने प्रहरी प्रमुखले कुनै गाली र विभेद नगरेको आफै स्वीकार गरिसकेकी छन् ।

प्रतिक्रिया