बाजुरा ःगौमुल गाउँपालिका-२ रनेडामा रहेको गालेसैन सामुदायिक वन उपभोक्ता समितिको १५ औँ साधारणसभा सम्पन्न भएको छ । समितिका उपाध्यक्ष थुमी सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष देवबहादुर रोकाया प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।
साधारणसभामा गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्यहरू, वडा सचिव प्रेम सार्की, स्थानीय भद्रभलाद्मी तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा सामुदायिक वन संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थापक सदस्यहरु मानबहादुर रोकाया, मोति रोकाया तथा स्वर्गीय लालबहादुर सार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय समेत रहेको शिक्षक लालबहादुर रोकायाले गरेका हुन् ।
साधारणसभाबाट सेते सार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा ईश्वरी रोकाया, सचिवमा मोहन विक, कोषाध्यक्षमा गोरख विक तथा सहसचिवमा निरा रोकाया चयन हुनुभएको छ ।
यसैबीच वडा अध्यक्ष देवबहादुर रोकायाले स्थानीय जलवायु अनुकूलन परियोजना अन्तर्गत निर्माणाधीन रनेडा खानेपानी योजनाको अनुगमन गर्नुका साथै सम्बन्धित सरोकारवालासँग विभिन्न विषयमा छलफल समेत गर्नुभएको छ ।




प्रतिक्रिया