गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष १७, २०८०
बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने

बाजुरा : बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

विद्युत १८ गते बुधबार र १९ गते विहीबार दुई दिन विहान ७ः०० बजेदेखि १० बजेसम्म र दिउँसो ३ः०० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।

विद्युत अवरुबाट सेवा ग्राहीमा पर्नको गएको असुविधप्रति वितरण केन्द्रले क्षमा प्रार्थी छ, यद्यपी तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न भए विद्युत सेवा सूचारु हुने सूचनामा भनिएको छ ।  

प्रतिक्रिया