बाजुरा ःगौमुल गाउँपालिकाले यहीँ पुस १० गतेदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको छ । गाउँपालिकाका अनुसार प्रति परिवार २२ केजीका दरले नुन वितरण गरिने भएको छ ।
नुन लिन आउँदा सम्पूर्ण स्थानीय नागरिकहरूले आफ्नो नागरिकताको फोटोकपी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने भएको छ ।
नुन वितरण स्थान अनुसार, वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन सक्नेछन् भने वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै नुन वितरणको कार्यतालिका अनुसार पुस १० गते वडा नम्बर ४ र ५, पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का लागि नुन वितरण गरिने भएको छ । गौमुल गाउँपालिकाले तोकिएको मिति, स्थान र समयमै उपस्थित भई नुन लिन स्थानीय नागरिकहरूलाई अनुरोध समेत गरेको छ ।





प्रतिक्रिया