गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३३
Dho

निवर्तमान सांसद थापाद्वारा घट्मुना र मानाकोट जोड्ने पक्की पुलको शिलान्यास

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष १६, २०८०
निवर्तमान सांसद थापाद्वारा घट्मुना र मानाकोट जोड्ने पक्की पुलको शिलान्यास

बाजुरा : प्रतिनिधि सभाका निवर्तमान सांसद एवंम् नेकपा (एमाले) केन्द्रीय सदस्य लाल बहादुर थापाले घट्मुना र मानाकोट जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट साविकको मानाकोट गाविस जोड्ने सिमधारा घाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन् । जनताका समस्या र गुनासा सुन्न गौमुल गाउँपालिका केन्द्रीत बन्नु भएका थापाले सोमबार बिहान पुल शिलान्यास गरेका हुन् । 

गौमुल गाउँपालिका प्रदेश र संघीय सरकारले लगानीमा वर्षौँअघि सडक बनेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदै आएको छ । सिमधारा घाटमा पक्की पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । मोटरेवल पुल बनेपछि साविकको मानाकोट गाविस क्षेत्रका स्थानीयलाई सहज हुने भएको छ । 

४० मिटर लामो पुल भ्याट सहित सात करोड २८ लाख ६६ हजार चार सय ४७ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । पूर्वाधारा विकास कार्यालय साँफेबगर अछामले नन्देगडा एस.एम.पी.जेभीसँग निर्माण गर्ने सम्झौता गरेको छ ।

आयोजना ०८१ वैशाख अन्तिमसम्म सम्पन्न गर्ने सम्झौता भएको हो । पुल शिलान्यास गर्दै प्रतिनिधि सभाका निवर्तमान सांसद तथा नेकपा (एमाले) केन्द्रीय सदस्य एवंम् अछाम जिल्ला ईन्चार्ज समेत रहनु भएका थापाले द्रत रुपमा काम गर्न आग्रह गरे । 

काम समयसीमा भित्रै सम्पन्न हुनुपर्छ, गुणस्तरी हुनुपर्छ, आफूहरुबाट हुने सहयोगमा हुनै बाँधा अड्चन हुने छैन्, थापाले भने । विकट गाउँपालिकामा विकासको गतिले लय समात्न थालेको बताए ।

आगामी दिनमा जनजीवनको भौतिक र आर्थिक अवस्था कसरी माथि उकास्ने भन्ने विषयमा आफु लागिरहेको बताए । 
शिलान्यास कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले मोटरेवल पक्की पुल निर्माणले गाउँपालिकाको विकासका लागि एउटा ईट्टा थपिएको बताएकी छन् । 

मोटरेवल पक्की पुल निर्माणपछि साविकको मानाकोट गाविसका जनतालाई आउजाउमा सहज हुने भन्दै विकासको पहिलो चरण सडक भएका कारण क्रमशः अन्य वडामा समेत सडक जोड्ने प्रयत्न जारी रहेको उल्लेख गरिन् । गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विकले घट्मुना र मानाकोट पुग्ने सडक अन्तर्गत बनेको पुल उक्त क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । 

No description available.पुल निर्माणको शिलान्यास गरिएपछि स्थानीय उत्साहित भएका छन् । पुल निर्माण हुने भएपछि आफुहरु खुसी भएको गौमुल गाउँपालिका–५ का स्थानीय मोहन रोकायाले बताए ।

मोटरेवल पक्की पुल शिलान्यास कार्यक्रममा एमाले नेता काँसी विक, इन्जिनियर धर्म खडायत, ठेकेदार राज कुमार सिवाकोटी लगायत निर्माण कम्पनीका ठेकेदार सहित स्थानीयको सहभागीता रहेको थियो । 

 

 

प्रतिक्रिया