बाजुरा ःगौमुल गाउँपालिका-४ डाँडाबाडाका एक युवकको भारतमा रेलले किचेर मृत्यु भएको छ । कामको सिलसिलामा भारत गएका २७ वर्षीय लोकेन्द्र विकको गएराति रेल वारपार गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार विक रेलमार्ग पार गर्ने क्रममा अचानक रेलको ठक्करमा परेका थिए । घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ । घटनापछि परिवारलाई जानकारी गराइएपछि मृतकका आफन्त शोकमा डुबेका छन् ।
विकको असामयिक निधनले गौमुल गाउँपालिका-४ डाँडाबाडा गाउँ शोकाकुल बनेको छ ।स्थानीयवासीहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् । मृतकको शव ल्याउने प्रक्रिया तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी रहेको छ ।




प्रतिक्रिया