गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

जिल्ला अस्पताल बाजुराले माग्यो ९ कर्मचारी (सूचीसहित)

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष १५, २०८०
जिल्ला अस्पताल बाजुराले माग्यो ९ कर्मचारी (सूचीसहित)

बाजुरा : जिल्ला अस्पताल बाजुराले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ ।  अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै चौथो र पाँचौ तहका करारमा कर्मचारी माग गरेको हो ।

जिल्ला अस्पतालले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न पदका ९ जना स्वास्थ्यकर्मीको माग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

अस्पतालले करार सेवामा नियुक्त गर्ने गरि जारी गरेको सूचनामा स्टापनर्श ४, हेल्थ असिस्टेन्ट १, रेडियोग्राफर १, फार्मेसी सहायक १, अनमि १  र ल्यावअसिस्टेन १ गरि ९ जना स्वास्थ्यकर्मीलाई करार सेवाका लागि विज्ञापन आह्वान गरिएको उल्लेख छ । विभिन्न पदमा इच्छुक व्यक्तिलाई आवश्यक कागजात सहित सात दिनभित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।
May be an image of blueprint and text

प्रतिक्रिया