गाैमुल खबर डटकम बुधबार ०२, पुष २०८२ ०२:२६

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

गाैमुल खबर गाैमुल खबर
शनिबार, मङि्सर २७, २०८२
भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं : भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुन्छेक बहस सकिएको छ।

बहसपछि विशेष अदालतले सहसचिव भट्टराईलाई २५ लाख धरौटी राखी बाहिरै बसेर मुद्दा लड्न पाउने गरी आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीराज श्रेष्ठको इजलासले भट्टराईलाई २५ लाख धरौटी राखेर मुद्दा लड्न पाउने आदेश गरेको हो।

थुनछेक बहसपछि आदेश गर्ने क्रममा न्यायाधीशहरूबीच राय बाझिएको छ। अध्यक्ष भट्ट र सदस्य पौडेलले २५ लाख धरौटी माग्ने आदेश गरे भने सदस्य श्रेष्ठले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने भन्दै फरक राय राखेका छन्।

प्रतिक्रिया