गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

कृषि मेलामा ३ जना उत्कृष्ट कृषकलाई सम्मान

गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष १४, २०८०
कृषि मेलामा ३ जना उत्कृष्ट कृषकलाई सम्मान

बाजुरा : गौमुल गाउँपालिकामा वृहत कृषि तथा खाद्य मेला प्रर्दशनीमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । व्यवसायीक रुपमा कृषि खेती गरिरहनु भएका पालिका भरी मध्ये उत्कृष्ट ३ जना कृषकलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको हो ।

कृषि पेशाबाटै आफ्नो जिविकोपार्जन र मेहनती ३ कृषकलाई कृषि मेलाको अवरमा सम्मान गरिएको गौमुल गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । थप हौसला प्रदान गरी व्यवासयीक कृषकको रुपमा स्थापित गर्न उनीहरुलाई कृषि उपकरण सामाग्री र सम्मान पत्र प्रदान गरिएको हो ।

उत्कृष्ट कृषकको रुपमा वडा नंं. ६ सटेडका शान्ति रोकाया, वडा नं.२ का गोकुल रोकाया र वडा नं.४ का बविता रोकायालाई सम्मान गरिएको छ । उनीहरुलाई गाउँपालिका उपाध्यक्ष सीता थापाले सम्मान पत्र सहीत कृषि उपकरण हस्तान्तरण गरेको हो । 
 

प्रतिक्रिया