गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५९
Dho

गौमुलमा बृहत कृषि तथा खाद्य मेला प्रर्दशनी

गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष १४, २०८०
गौमुलमा बृहत कृषि तथा खाद्य मेला प्रर्दशनी

बाजुरा : बृहत कृषि तथा खाद्य मेला प्रर्दशनी कार्यक्रम घट्मुनामा सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको आयोजनामा आज एक औपचारिक कार्यक्रमका साथ कार्यक्रम आयोजना गरिएको हो । “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार जडीबुटी, पर्यटन प्रवद्र्धन र सहकारी मार्फत कृषिजन्य व्यापार” भन्ने नाराका साथ मेलाको आयोजना भएको हो । 

घट्मुनामा आयोाजना भएको खाद्य मेला तथा बाली प्रदर्शनीमा विभिन्न बालीहरु राखिएका थिए । कृषकलाई व्यवसायीकरण बनाउन कृषकको उत्सवका रुपमा प्रत्येक वर्ष सञ्चालन गरिदै आएको कृषि मेलामा बालीहरुको स्टल राखिएका थिए ।

मेलामा खाद्यन्न बाली, फलफूल बाली, तरकारी बाली, नगदे बाली, दलहन बाली, जरेबाली, मसला बाली, विविध मह च्याउँ सहीत २ सय ५२ बाली दर्ता गरिएको थिए । जसम मध्ये उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरिएको हो । विभिन्न विधामा उत्कृष्ट कृषकलाई प्रमाणपत्र र कृषि सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । कृषको क्षमता विकासका लागि सञ्चालन गरिएको प्रतियोगितामा प्रत्येक वडाको एक समूहबाट ४÷४ जनाका सहभागिता रहेको थियो । जसमा प्रथम वडा नं.१, द्धितीय वडा नं.५, तृतीय वडा नं.६ र शान्तना वडा नं.४ भएको छ ।    

स्टलमा राखिएका विभिन्न बालीहरुको प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा अवलोकन गरेका थिए । गौमुल गाउँपालिका अध्यक्ष सीता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको विशिष्ट अतिथिमा वडा नं.५ का वडाध्यक्ष कलक सिंह, १ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया ४ का वडाध्यक्ष अमर बहादुर विक, ३ का वडाध्यक्ष गोरख बहादुर बोहरा रहनुभएको थियो । 

त्यस्तै अतिथिमा कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशी, आईएनएफ नेपाल बाजुराका प्रमुख खमेराज मिश्र विभिन्न पार्टीका प्रतिनिधी, संस्थाका प्रतिनिधी लगायत रहनुभएको थियो । गौमुल गाउँपालिका जिन्सी शाखा प्रमुख गणेश रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा ६ वटै वडाका कृषकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया