गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०२:२६

कृषकहरुले उत्पादनमा निरन्तरता दिनुपर्छ : सीता थापा

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष १३, २०८०
कृषकहरुले उत्पादनमा निरन्तरता दिनुपर्छ : सीता थापा

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले कृषकहरुले उत्पादनमा निरन्तरता दिनुपर्ने बताएकी छन् । बुधबार गाउँपालिकामा आयोजित बृहत कृषि तथा खाद्य मेला प्रर्दशनी कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

हरेक जनताले मेहनत गरेर कृषि कर्मलाई पेशाको रुपमा अवलम्बन गरी उत्पादनमा बढ्वा दिएर आयआर्जेनमा बृद्धि गर्न आग्रह गरेकी थिइन् । गाउँपालिकाका अधिकांश जनताहरु कृषि पेशामा आश्रित रहेका कारण थप मेहनत गरेर स्थानीय उत्पादन गरी निर्यात गर्ने संकल्पका साथ लाग्न सुझाव दिएकी छन् । 

कृषि तथा खाद्य मेला प्रर्दशनीको उद्देश्य भनेकै अन्तर कृषकबीचको प्रतिष्पर्धा भएका कारण मेहनती कृषकलाई पुरस्कृत गर्दै अघि बढ्नेमा जोड दिईन् । कृषकहरुले उत्पादन गरेका हरेक चिजवस्तुको बजारिकरणका लागि स्थानीय सरकारले जिम्मा लिने लिने र लिईरहेको बताएकी छन् ।

कृषकहरुले मेहेनत गरेर सफलता हाँसिल गर्न सकेको खण्डमा स्थानीय सरकारले अन्य प्रदेश र केन्द्र सरकार सहित संघसंस्थासंग समन्वय गर्ने बताईन् । स्थानीय सरकारले लिएको नीति अनुसार कृषकहरुले अपनत्वको भावनाका साथ आफुहरुकै लागि कृषि तथा खाद्य मेला प्रर्दशनी गरेको भन्ने बुझ्न आवश्यक रहेको औल्याईन् ।

सबै पक्षले कृषकहरुका लागि गरेको लगानी अनुसार प्रतिफल प्राप्त गर्ने गरी परिश्रम गरे कृषि क्षेत्रमा छिट्टै परिवर्तन आउने उपाध्या थापको भनाई छ । भौगलिक विकटताका कारण कतिपय कामहरु गर्न चाहेर पनि गर्न नसकिएको स्पष्ट पार्दै माटो सुहाँउदो उत्पादनमा जोड दिई युग अनुसार सरकार चल्न खोजिरहेको बताएकी छन् । 

सीमित स्रोत साधनका बाबजुत सरकारले जनताका हरेक आवश्यकता पूरा गर्न खोजिरहेको भएपनि सबै सम्भव नभएको उल्लेख गरिन् । त्यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले गाउँपालिकाका कृषकहरुको मेहेनत प्रशंसा गर्न लायक भएको बताएका छन्ब ।

हरेक सम्भावना बोकेको गौमुल गाउँपालिका भएका कारण थप जनताहरुले मेहेनत गरेमा कृषि क्षेत्रमा सफल पालिका बन्ने बताएका छन् । कार्यक्रममा आई.एन.एफ. नेपाल बाजुराका प्रमुख खेमराज मिश्रले स्थानीय सरकार र आफुहरुको उद्देश्य भनेकै जनताहरुको जनजीविकामा परिवर्तन ल्याउने रहेको बताएका छन् । 

प्रतिक्रिया