बाजुरा : गौमुल गाउँपालिका–४ कालादहमा रहेको कीर्तिचौर माध्यामिक विद्यालयको ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधबारबाट सुरु भएको छ । “शैक्षिक गुणस्तरमा अभिवृद्धि, कीर्तिचौर माविको समृद्धि” भन्ने नाराका साथ विद्यालय प्राङ्गगणमा आज औपचारिक रुपमा सुरु भएको हो ।
गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष एवंम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेको थिए ।
कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कलक बहादुर सिंह, गोरख बहादुर बोहरा, देवेन्द्र बहादुर रोकाया, कलाकार प्रकाश थापा विशिष्ट अतिथि रहेका थियो । दिवसमा विद्यालयका प्रधानाध्यापक खडक बहादुर शाहले विद्यालयको आम्दानी तथा खर्चको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र बहादुर रोकायाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक कलक साउँदले गर्नुभएको हो । कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षक गरी करिव २ सय बढीको उपस्थिति रहेको थियो ।
आज पहिलो दिन विद्यालयले तयार पारेको पिटी प्रर्दशन, विभिन्न नृत्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा जनजनमा बस्न सफल डेउडा गीतका बादशाह कलाकार प्रकाश थापाले दर्शकहरुलाई लठ्ठ पार्नुभएको थियो ।
ठाँडी भाकाबाट सुरु गर्नुभएको प्रस्तुतीमा डेउडा गीत गाउँदैं दर्शकहरुलाई एक घण्टा बढी नचाउनु भएको थियो । कोकिल कन्ठी आवाजाका धनि थापाले आफ्ना पुराना नयाँ गितहरु गायका थिए ।
देउडा ठाडीभाका लगायतका विभिन्न गिहरु गाएर दर्शकहरुलाई भव्य नचाएका थिए । देउडा गायकको रुपमा आफ्नो छुट्टै छवि बनाएका गायक थापाले आफूलाई गौमुल गाउँपालिका आउँने अवसर दिलाएकोमा विद्यालय परिवारलाई धन्यवाद दिएका छन् ।
१३ गतेसम्म सञ्चालन रहने वार्षिक उत्सवमा गायक थापाको अन्तिम दिन बेजोड प्रस्तुति रहने बताईएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला मार्तडीमा जन्मिनु भएका गायक थापा धेरै दर्शकहरुको मन जित्न सफल भईसकेका छन् ।
प्रतिक्रिया