बाजुरा ःबाजुराको बुढीनन्दा नगरपालिकामा भीषण आगलागी हुँदा एक परिवार विस्थापित हुनु परेको छ । नगरपालिका-४ कुरुस्थित स्थानीय सगुने रोकायाको घरमा सोमबार बिहान करिब ७ बजे ३५ मिनेटतिर लागेको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगलागीका कारण लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि तत्कालै स्थानीय बासिन्दाहरू जुटे पनि आगो द्रुत गतिमा फैलिँदा घरभित्रको सबै सामग्री जोगाउन नसकिएको एमाले जिल्ला कमिटी प्रचार विभाग प्रमुख तथा स्थानीय राजन रोकायाले जानकारी दिएका छन् ।
उनका अनुसार आगलागी कसरी सुरु भयो भन्ने कारण भने खुल्न बाँकी छ । पीडित परिवारलाई तत्काल आवश्यक सहयोग जुटाउने प्रयास भइरहेको जनाइएको छ । कुनै मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ । पीडित घरपरिवार अहिले अस्थायी आवासमा बसेका छन् ।






प्रतिक्रिया