गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ०९:५२

गोठमै बाघ, बाख्रा नष्ट भएपछि गाउँमा त्रास

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक २८, २०८२
गोठमै बाघ, बाख्रा नष्ट भएपछि गाउँमा त्रास

बाजुरा ःगौमुल गाउँपालिका-६ सटेडा गैरीबाडाका स्थानीय किसानका गोठमै बाघ पसेर बाख्रा नष्ट गरेको छ । स्थानीय नरी चदाँराको गएराति गोठमै पसेर बाघले १५ वटा बाख्रा मारेको छ ।

बाघले बाख्रा मारेर खाएको तथा अन्य घाइते बनाएको छ । बाघले १५ वटा बाख्रा मारेको मध्ये ८ वटा फेला परेको भएपनि ८ वटा अझै गायब गरिदिएको छ । बस्तीमै छिरेर घरसँगै राखेको गोठमा पसी बाघले बाख्रा मारेर खाएपछि अहिले स्थानीय त्रसित भएका छन् ।

बाघको त्रासका कारण स्थानीय घरदेखि बाहिर जान सकेका छैनन् । बाघबाट पशुचौपायासँगै सर्वसाधारणको ज्यान बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

बाघ बस्तीमा पस्न थालेपछि रातविरातमा शौचका लागि बाहिर निस्कन र दिउँसो घरमा स-साना बालबालिकालाई एक्लै छाडन नसकिने अवस्था सृजना भएको स्थानीय सुशील चदाँराले बताएका छन् ।

यता वडा अध्यक्ष प्रकाश रोकायाले घटनाको अवस्था बारे जानकारी लिने बताएका छन् । गाउँमा बाघ पस्न थालेपछि स्थानीयमा त्रास छाएको छ । 
 

प्रतिक्रिया