गाैमुल खबर डटकम सोमबार २२, मङि्सर २०८२ ०३:४६

गौमुलमा सहकर्मी समाजको ‘शक्ति परियोजना’ दोस्रो चरण लागू

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक २६, २०८२
गौमुलमा सहकर्मी समाजको ‘शक्ति परियोजना’ दोस्रो चरण लागू

बाजुरा ः गौमुल गाउँपालिकामा सहकर्मी समाजको नयाँ परियोजना लागू हुने भएको छ। सहकर्मी समाजले सञ्चालन गर्दै आएको ‘शक्ति परियोजना’ दोस्रो चरणमा पुनः लागू हुने भएको हो ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार जनताको असीमित आवश्यकता र मागबीच सीमित स्रोत र साधन भएको स्थानीय सरकारलाई सहयोग पुर्याउने उद्देश्यका साथ यो परियोजना पुनः सञ्चालनमा ल्याइएको हो ।

उनले भने, “हाम्रो स्रोत सीमित छ, तर जनताको चाहना असीमित छन्, यस्तै अवस्थालाई सन्तुलनमा ल्याउन सहकर्मी समाजको परियोजनाले ठोस योगदान पुर्याउनेछ ।” सहकर्मी समाजले यसअघि नै आफ्नो सम्पूर्ण कार्यक्रम गौमुल विकास समाजलाई हस्तान्तरण गरिसकेको थियो ।

अहिले सोही समाज मार्फत सञ्चालनमा रहेका कार्यसञ्जाललाई थप सुदृढ र प्रभावकारी बनाउन सहकर्मी समाजले सहजीकरण गर्ने भएको छ ।

सहकर्मी समाज शक्ति परियोजनाकी कार्यक्रम अधिकृत सुजाता घर्तीका अनुसार परियोजना कार्तिक महिनादेखि औपचारिक रूपमा सुरु हुने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

उनका अनुसार यसअघि सहकर्मी समाज आफैंले कार्यक्रम सञ्चालन गर्दै आएकोमा अब स्थानीय संस्था मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको हो ।

गौमुल विकास समाजले हाल गाउँपालिकाका प्रत्येक वडामा विभिन्न समूहहरू गठन गरी मासिक बचत संकलन र परिचालन गर्दै आएको छ ।  ती समूहहरूले टोलका मूल समिति मार्फत समस्या र आवश्यकता पहिचान गरी समयमै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरेका छन् ।

नयाँ परियोजना प्रारम्भ सम्बन्धी छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, सहकर्मी समाजका अध्यक्ष बखतबहादुर खड्का, शक्ति परियोजनाका कार्यक्रम संयोजक चम्फासिंह भण्डारी, सेफ आइरिस एड आयरल्यान्डकी प्रतिनिधि एभीगेल जोसेफ, कार्यक्रम अधिकृत सुजाता घर्ती, प्रदीप सार्की, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया