हुम्ला : सोमबार राति मुगुमा ट्याक्टर दुघटना हुँदा बाजुराका एक जना युवककाे मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा चालककाे मृत्यु हाे ।
ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।





प्रतिक्रिया