गाैमुल खबर डटकम सोमबार १५, मङि्सर २०८२ ०६:५३

गौमुल गाउँपालिकाबाट निःशुल्क शिक्षक तथा लोक सेवा तयारी कक्षा : युवालाई अवसरको नयाँ ढोका

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक २३, २०८२
गौमुल गाउँपालिकाबाट निःशुल्क शिक्षक तथा लोक सेवा तयारी कक्षा : युवालाई अवसरको नयाँ ढोका

बाजुरा ः बेरोजगारी र निराशाले युवाहरुलाई असर गरिरहेको वर्तमान परिस्थितिमा गौमुल गाउँपालिकाले युवाको भविष्य उज्यालो बनाउन उल्लेखनीय पहल गरेको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा शिक्षक लाइसेन्स (निमावि) र लोक सेवा आयोग तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरिने भएको हो ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाका अनुसार यस पहलको उद्देश्य गाउँका युवालाई सरकारी सेवातर्फ आकर्षित गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउनु भएको बताएका छन् ।

“हाम्रा युवाहरूलाई अवसरका लागि गाउँ बाहिर भौतारिनु नपरोस्, उनीहरू आफ्नै गाउँबाटै सरकारी सेवाको तयारी गर्न सकून् भन्ने हाम्रो सोच हो,” रोकायाले बताए । उनले गाउँमै प्रतिस्पर्धी शिक्षित जनशक्ति तयार गर्न टेवा पुग्ने विश्वास गरिएका उल्लेख गरेका छन् ।

कार्यक्रमले गाउँमा बस्ने युवाहरूमा नयाँ जोश र आत्मविश्वास जगाउने अपेक्षा गरिएको छ । तयारी कक्षा कार्तिक २५ गतेदेखि सदरमुकाम मार्तडीमा सुरु हुने भएको छ ।

कक्षा बडीमालिका शैक्षिक केन्द्रमा सञ्चालन गरिने तयारी पूरा भएको बाजुरा क्याम्पस स्ववियु सभापति लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

उनका अनुसार, तयारीमा शिक्षक सेवा आयोग र लोक सेवा आयोग दुबैका विषयहरू समावेश गरिने भएका छन् । निःशुल्क तयारी कक्षामा बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका गौमुलबासी विद्यार्थीहरू सहभागी हुन सक्ने छन् ।

गौमुल गाउँपालिकाको यो कदमले ‘गाउँमै अवसर, गाउँमै रोजगारी’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै युवालाई सरकारी सेवातर्फ आकर्षित गर्ने आशा गरिएको छ ।

May be an image of one or more people and people studying

प्रतिक्रिया