गाैमुल खबर डटकम सोमबार १५, मङि्सर २०८२ ०६:५३

शिक्षा र खेलको सन्तुलनका लागि राष्ट्रपति रनिङ शिल्ड अपरिहार्य : अध्यक्ष रोकाया

मंसिर १०, ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक २३, २०८२
शिक्षा र खेलको सन्तुलनका लागि राष्ट्रपति रनिङ शिल्ड अपरिहार्य : अध्यक्ष रोकाया

बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शिक्षा र खेलकुद क्षेत्रबीच सन्तुलन कायम गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अपरिहार्य रहेको बताएका छन् ।

आइतबार गाउँपालिकामा आयोजित पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी सम्बन्धी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष रोकायाले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार, विद्यालयबीचको सहकार्य, सद्भाव र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न यो प्रतियोगिता प्रभावकारी माध्यम बन्नेछ । उनले गाउँपालिका भित्रका सबै विद्यालयहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै पूर्व तयारीमा जुट्न निर्देशन पनि दिएका छन् ।

अध्यक्ष रोकायाले भने, “शिक्षा मात्र होइन, खेल पनि विद्यार्थीको सम्पूर्ण विकासको आधार हो । राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न र विद्यालयबीच सहकार्य बढाउन ठुलो योगदान पुर्याउँछ ।”

प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, प्रशासन सहायक गणेश रोकाया, स्रोत व्यक्ति भरत थापा तथा सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु बैठकमा उपस्थित थिए ।

बैठकले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मंसिर १०, ११ र १२ गते पालिकाको खेलमैदान घट्मुनामा सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक आर्थिक, भौतिक र प्राविधिक तयारी मिलाउने जिम्मेवारी सम्बन्धित शाखालाई तोकेको छ ।
 

प्रतिक्रिया