बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकामा २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण हुने भएको छ । नगरपालिकाका ४ वटा वडालाई लक्षित गरि बृहत कोल्टी खानेपानी योजना सञ्चालन हुने भएको हो ।
बुढीनन्दा नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गर्ने कार्य अगाडी बढाईएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच शुक्रबार निर्माण कार्यको सम्झौता भई शिलान्यास गरिएको उनले बताए । अहिले पहिलो चरणमा ५ करोडको ठेक्का सम्झौता भई काम सुरु गरिएको र चरणवद्ध रुपमा ठेक्का आव्हान गरी खानेपानी योजना निर्माण हुने बोहराको भनाइ छ ।
यसभन्दा अघि कोल्टी लगायतका क्षेत्रमा दिर्घकालीन नभएपनि खानेपानी अभाव थिएन् उनले भने निर्माण हुनथालेको बृहत कोल्टी खानेपानी योजना दिर्घकालीन ठुलो योजना हो । उक्त योजनाले बुढीनन्दाका धेरै जनताहरु खानेपानीको पहुँचमा आउने छन् । नगरपालिकाको १,२,३ र ५ का झण्डै १६ हजार बढी बासिन्दा लाभान्वित हुने बोहराले बताएका छन् ।
योजना शिलान्यासमा नगर प्रमुख बोहराले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै सम्झौताका आधारमा समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई सुझाव दिएका छन् । नगरपालिकाका सबै वडाहरुमा एक पछि अर्को हुँदै खानेपानीको समस्या समाधान हुने नगर प्रमुख बोहराले बताएका छन् ।
कोल्टीमा खानेपानीको हाहाकार भनेर बेला बेलामा चर्चा चलिरहने यस क्षेत्रमा बृहत ठुलो खानेपानी योजना निर्माण गर्ने प्रक्रिया अगाडी बढेपछि स्थानीय उत्साहित भएका छन् । त्यहाँका बासिन्दा खानेपानीको व्यवस्थापन गर्न स्थानीय सरकार समक्ष अन्दोलनको माध्यमबाट होस् या लिखित, मौखिक रुपमा प्रस्तुत हुँदै आएका थिए । अब भने यी सबै समस्या हट्ने देखिएको छ ।





प्रतिक्रिया