गाैमुल खबर डटकम शनिबार २२, कार्तिक २०८२ ००:१७

शैक्षिक गुणस्तर सुधार नहुने कारण पहिचान गर्दै अम्लिस माविको व्यवस्थापन समिति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक २१, २०८२
शैक्षिक गुणस्तर सुधार नहुने कारण पहिचान गर्दै अम्लिस माविको व्यवस्थापन समिति

बाजुरा ः गौमुल गाउँपालिका-१ मा रहेको अम्लिस माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अपेक्षित रूपमा सुधार नहुँदाको कारण पहिचान गर्न पहल थालेको छ ।

विद्यालयमा केही हदसम्म सुधार भए पनि अपेक्षित परिणाम प्राप्त नहुँदा त्रिपक्षीय संवाद मार्फत समस्या पहिचान र समाधानका उपाय तय गर्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष देवेन्द्र रोकायाले बताएका छन् ।

शुक्रबार विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, अभिभावक, शिक्षक तथा कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच त्रिपक्षीय संवाद कार्यक्रम आयोजित गरिएको थियो ।

शिक्षक-अभिभावक संघका अध्यक्ष हिक्मत रोकायाका अनुसार संवादमा विद्यार्थीहरूको अध्ययनमा सुधार ल्याउन अभिभावकहरूले घरमा नियमित निगरानी बढाउने र विद्यालय प्रशासनले कक्षा १० का विद्यार्थीलाई विद्यालयको आवास निर्माण सम्पन्न भएपछि आवासीय निगरानीमा राख्ने निर्णय गरिएको छ ।

कार्यक्रमको अवसरमा एच.आर.सी. बाजुरालाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । संवाद कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र रोकाया, कार्यपालिका सदस्य मैना चदाँरा, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

प्रतिक्रिया