बझाङ ः बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । थलारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले थलारा-२ का अन्दाजी ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको बताए ।
उनकाअनुसार ट्याक्टर चालक कैलालीकाे गोदावरी नगरपालिका-४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । चाैधरीकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।
प्रतिक्रिया