गाैमुल खबर डटकम बुधबार १९, कार्तिक २०८२ ०८:५२

सामूहिक भावना र एकता विकासका लागि सत्य आधारभूत विद्यालयद्वारा वनभोज कार्यक्रम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक १९, २०८२
सामूहिक भावना र एकता विकासका लागि सत्य आधारभूत विद्यालयद्वारा वनभोज कार्यक्रम

बाजुरा ः गौमुल गाउँपालिका-४ मा रहेको सत्य आधारभूत विद्यालयले सामूहिक भावना र एकताको विकास गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरेको छ ।

प्रधानाध्यापक नरेन्द्र रोकायाका अनुसार विद्यार्थीहरू निरन्तर पढाइको दबाबमा रहने भएकाले उनीहरूलाई तनावमुक्त भई रमाइलो गर्न र ताजा महसुस गर्न अवसर प्रदान गर्न वनभोज आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैको सहभागिताले आपसी सम्बन्ध मजबुत हुनुका साथै सहकार्य र समझदारी बढाउने लक्ष्य राखिएको थियो ।

वनभोजले विद्यार्थीहरूलाई समूहमा काम गर्ने, जिम्मेवारी बाँड्ने तथा अनुशासन पालना गर्ने जस्ता व्यवहारिक सीपहरू सिक्न अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रम गौमुल गाउँपालिकाको फन पार्कमा सम्पन्न गरिएको थियो । विद्यालय प्रशासनले वनभोजले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सुदृढ गर्नुका साथै शिक्षण प्रक्रिया रोचक बनाउने र प्रकृतिसँगको सम्बन्ध थप निकट बनाउने अपेक्षा व्यक्त गरेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त अवसरमा वडा अध्यक्ष कलक बहादुर सिंह, अमर विक, वडा सदस्य तुसार सार्की लगायतका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया