गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४७
Dho

बालबालिकाको शिकाई उपलब्धी र शैक्षणिक सामाग्रीको प्रयोगमा उत्कृष्ट शिक्षक रोकायालाई सम्मान

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष ०८, २०८०
बालबालिकाको शिकाई उपलब्धी र शैक्षणिक सामाग्रीको प्रयोगमा उत्कृष्ट शिक्षक रोकायालाई सम्मान

बाजुरा : गौमुल गाउँपालिका–२ मा रहेको धर्मोदय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण रोकाया सम्मानित भएका छन् । बालबालिकाको शिकाई उपलब्धी वृद्धि र शैक्षणीक सामाग्रीको प्रयोग गरेको भन्दै सम्मानित भएका हुन् ।

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा विश्व शिक्षाको प्राविधिक सहयोग तथा सेतो गुरा“स बालविकास सेवा बाजुराद्धारा सञ्चालित प्रारम्भिक तह पढाई कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेपछि सम्मान गरिएको सेतो गुरा“स बालविकास सेवाका कार्यकारी निर्देशक देबु खातीले बताएकी छन् ।

संस्थाले दिएको सामाग्रीको प्रयोग तथा व्यवस्थापन गरी बालबालिकाको शिकाईमा विकास गर्न पुर्याएको योग्दानको कदर गर्दै सम्मान पत्र सहीतले सम्मान गरिएको खातीले बताईन् । 

गौमुल गाउ“पालिकाका सबै विद्यालयहरुमा बालबालिकालाई शैक्षणीक सामाग्री मार्फत पठनपाठन गरिदै आईरहेका छन् । तर धर्मोदय आधारभूत विद्यालयमा भने अरु विद्यालयको तुलनमा सामाग्रीको प्रभावकारी कार्यान्वयन र शिकाई उपलब्धी वद्धि गरेको मुल्याकंन उत्कृष्ट बन्न सफल भएको हो ।

विद्यालयको शैक्षिक क्षेत्रको अवस्थाको बारेमा अनुगमनका क्रममा विहीबार शिक्षक रोकायालाई गौमुल गाउ“पालिका अध्यक्ष हरीबहादुर रोकायाले अविर सहीत सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थिए ।

कार्यक्रममा अध्यक्ष रोकायाले उत्कृष्ट काम गरेको भन्दै बधाई ज्ञापन गरेका थिए । बालबालिकालाई शैक्षणीक सामाग्री मार्फत पठपाठन गरी शिक्षण शिकाई वृद्धि र विद्यालयमा गरिएको व्यवस्थापनले शिक्षाको गुणस्तर सुधार गर्न महोत्वपूर्ण भूमिका खेलिरहेकोमा धन्यावद दिएका थिए । 

कक्षा–१ देखि ३ सम्म सञ्चालित धर्मोदय आधारभूत विद्यालयमा बालबालिकालाई प्रत्यक्ष शिकाई सामाग्रीहरु मार्फत सिकाउने र सिक्ने कार्य प्रभावकारी रहेको बताउदै आगामी दिनमा पनि गाउ“पालिका भित्र मात्र नभएर जिल्लामै उत्कृष्ट र प्रभावकारी कामले परिचित हुन आग्रह गरेको थिए ।

कार्यक्रममा अध्यक्ष रोकायाले गाउ“पालिकाको लक्ष्य भनेकै शिक्षाको गुणस्तर सुधार गर्ने रहेकाले सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भएर लाग्नुपर्ने जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया