बाजुरा ःगौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले मानाकोट स्वास्थ्य निलासैनमा स्वास्थ्य सेवाको अवस्था र वडाका समसामयिक विषयमा प्रभावकारी छलफल गरेका छन् ।
आज वडा कार्यालयको केन्द्र निलासैनमा बसेको मानाकोट स्वास्थ्य संस्थाको स्वास्थ्य व्यवस्थापन समिति बैठकमा स्वास्थ्य सेवामा देखिएका समस्या र आवश्यकताबारे विस्तृत समीक्षा गरिएको छ ।
बैठकमा स्वास्थ्य प्रमुख प्रेम विकले औषधिको अभाव हुन थालेको जनाउँदै तत्काल गाउँपालिकासँग समन्वय गरी औषधि आपूर्तिको पहल गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
त्यस्तै वडा समितिको बैठकमा वडाभित्रका जनताको समस्या, टोलस्तरका चुनौती र तत्काल समाधान गर्न सकिने विषयमा प्रत्येक वडा सदस्यले सुझाव राखेका थिए । बैठकले जनताको पीडा बुझ्दै ती समस्या समाधानका लागि वडा कार्यालय सधैं अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।
वडा अध्यक्ष अमर विकले जनताको स्वास्थ्य र जीवनस्तर सुधार आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै वडास्तरमा उत्तरदायी र जनमुखी सेवा प्रवाह गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।





प्रतिक्रिया