गाैमुल खबर डटकम सोमबार १७, कार्तिक २०८२ ०१:५८

दश शैया अस्पताल सञ्चालनका लागि अध्यक्ष रोकायाद्वारा अनुगमन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक १६, २०८२
दश शैया अस्पताल सञ्चालनका लागि अध्यक्ष रोकायाद्वारा अनुगमन

बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिका-२ मालिवनमा निर्माण सम्पन्न दश शैया अस्पतालको व्यवस्थापन तथा सञ्चालनका लागि आज अनुगमन गर्नुभएको छ ।

गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाका अनुसार अध्यक्ष रोकायाको नेतृत्वमा गरिएको अनुगमनले अस्पताललाई छिट्टै सञ्चालनमा ल्याई स्थानीय जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

अनुगमन टोलीले अस्पताल सञ्चालनका लागि आवश्यक विद्युत् लाइन विस्तार, स्वास्थ्य उपकरण, औषधि तथा दक्ष जनशक्ति व्यवस्थापनका विषयमा प्रत्यक्ष अध्ययन गरेको थियो ।

स्थानीय सरकारको पहलमा अस्पतालको भौतिक निर्माण कार्य समयमै सम्पन्न भए पनि जनशक्ति र औषधि-उपकरण अभावका कारण सेवा सञ्चालनमा ढिलाइ भएको जनाएको छ ।

उक्त अवसरमा अध्यक्ष रोकायाले जनज्योति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरबारे जानकारी लिनुका साथै विद्यालय परिसरमा खेलमैदान निर्माणका विषयमा विद्यालय प्रशासनसँग छलफल गर्नुभएको थियो ।

अनुगमन टोलीमा वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता देवबहादुर रोकाया, स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विक, इन्जिनियर धर्म खडायत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया