बाजुरा ः गौमुल गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम खुला गौमुल कप सेभन ए-साइड फुटबल प्रतियोगिता’ जारी छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता क्रियटिभ युथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो ।
आयोजक समितिका खेल संयोजक सुरेश रोकायाका अनुसार प्रतियोगिताको दोस्रो दिन आइतबार विभिन्न ८ टिमबीच रोमाञ्चक प्रतिस्पर्धा भएकाे छ। पहिलो चरणमा सिवाईसी लेज्यान्ट र रानीवन युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
त्यसपछि राइजिङ स्टार र आर.एम.वाईसी, केपी बा र सिवाईसी ए, जे.एस.वाईसी र आर.जे.वाईसीबीच खेलहरू सम्पन्न भएका हुन् । लगत्तै डिएफसी र दहकोट एफसी, रानीवन र केपी बा, तथा राइजिङ स्टार र सिवाईसी बीबीच पनि प्रतिस्पर्धा सम्पन्न भएका छन् ।
लिग चरणमा जम्मा ८ टिम सहभागी भएका प्रतियोगिताबाट टीमकाजी र आर.एम.वाईसी बाहिरिएका छन् । बाँकी ४ टिमबीच सोमबार बिहान लिग चरणका खेलहरू सञ्चालन हुने र दिउँसो क्वार्टरफाइनल खेलहरू हुने कार्यक्रम रहेको छ ।
यस प्रतियोगिताले गाउँपालिका तथा जिल्ला भित्रका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।





प्रतिक्रिया