गाैमुल खबर डटकम मङ्गलबार ०४, कार्तिक २०८२ १०:०८

बृहत् साँस्कृतिक साँझ : गायक राजेन्द्र, ध्रुव र लक्ष्मीका बेजोड प्रस्तुति, औँसीको रात डेउडामय बन्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ०४, २०८२
बृहत् साँस्कृतिक साँझ : गायक राजेन्द्र, ध्रुव र लक्ष्मीका बेजोड प्रस्तुति, औँसीको रात डेउडामय बन्यो

बाजुरा ः गौमुल गाउँपालिका-३ माझपालीमा शुभ दिपावली २०८२ को पावन अवसर पारेर बृहत सास्कृतिक साँझ कार्यक्रम सञ्चालन गरिएको छ । सोही वडामा रहेको नवयुग युवा सशक्तीकरण मञ्चको आयोजनामा सोमबार लक्ष्मी पूजाको दिन राष्ट्रिय स्तरका कलाकारको साथमा भव्य साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।

कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न सञ्चालन गरिने हरेक वर्षझैं यो वर्षपनि परम्परागत नृत्यसंगै गायक राजेन्द्र बाजुराली, ध्रुव विक र स्थानीय कलाकार लक्ष्मी विकको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको नवयुग युवा शसक्तिकरण मञ्चका निवर्तमान अध्यक्ष जनक रोकायाले बताएका छन् ।

मञ्चले खेल क्षेत्रको विकास गर्न दोस्रो नवयुग कप २०८२ अन्र्तगत महिला, पुरुष खुला भलिबल प्रतियोगीता समेत सञ्चालन गरेको छ । कार्यक्रममा मञ्चले विभिन्न आफ्नो मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए । भने गायक राजेन्द्र बाजुराली, ध्रुव विक र लक्ष्मी विकले औँसीको जुनेली रातलाई संगीतमय बनाएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया र विशिष्ट अतिथिका रुपमा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष गोरख बोहरा, वडा अध्यक्ष एवंम् गाउँपालिका प्रवक्ता देव बहादुर रोकाया लगायतको उपस्थित रहेको थियो ।

बृहत साँस्कृतिक कार्यक्रममा मञ्चले तयार पारेका विभिन्न नृत्य, डेउडा प्रस्तुतिकरण गरिएको थियो । भने गायक राजेन्द्र बाजुरालीले माहोल डेउडामय बनाएसंगै दर्शकहरु डेउडा लगाएर रमाएका थिए । बालविकास माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रममा कलाकारहरुले मंगलबार बिहानसम्म दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले चाडपर्व पारिवारिक र सामाजिक सम्बन्ध बलियो पार्ने तथा नवीकरण गर्ने अर्को भरपर्दो माध्यम पनि भएको बताएका छन् । चाडपर्वको आफ्नै मौलिक गुण र विशेषता हुने हुदाँ यसको संरक्षण गर्न हामी सबैको दायित्व उत्तिकै रहेकोमा जोड दिएका छन् ।

पछिल्लो समय प्रविधिको विकाससंगै मौलिक कला संस्कृतिहरु हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै रोकायाले पछिल्ला पुस्ताहरुले परम्परागत संस्कृतिको रस, रंग र भाव अनुसरण गरेर अरुलाई सिकाउन आवश्यक रहेको बताएका छन् । त्यस्तै उपाध्यक्ष सीता थापाले सञ्चालन गरिएको बृहत् साँस्कृतिक कार्यक्रमले आपसी सद्भाव कायम राख्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

थापाले सभ्यता अनुसारको संस्कार सिक्न र सिकाउन आवश्यक रहेको बताएकी छन् । नवयुग युवा क्लवका अध्यक्ष कलक रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथिमा वडा अध्यक्ष गोरख बोहरा, वडा नं.२ का वडा अध्यक्ष देव बहादुर रोकाया, वडा सदस्य प्रेम बहादुर रोकाया, बिमला धामी, नर्मा विक, भान बहादुर धामी, लाल बहादुर विक रहनुभएको थियो ।

त्यसैगरी एमाले जिल्ला कमिटी सदस्य राजिव रोकाया, बालविकास माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बोहरा, ईलाका प्रहरी कार्यालय गौमुलका विकास थापा, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, सूर्येदय बहुउद्देश्ययी सहकारी संस्थाका अध्यक्ष श्याम रोकाया लगायत विभिन्न विद्यालयका विव्यस तथा प्रअ लगायत पनि विशिष्ट अतिथिमा रहनुभएको थियो । 

मञ्चका सचिव सुशील रोकायाले सञ्चालन गरेको कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । नवयुग कप २०८२ अन्र्तगत महिला, पुरुष खुला भलिबल प्रतियोगिता मंगलबार बिहानबाट सुरु गरिएको छ । जसको उद्घाटन गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले गर्नुभएको थियो ।
 

प्रतिक्रिया